३ फाल्गुन २०८२, आइतबार

प्रतिनिधिसभा बैठक आजै ३:१५ मा बस्ने गरी सारियो


विष्णुप्रसाद पौडेल

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले आजै दिउँसो ३:१५ बजेका लागि समय तोकेका छन् ।

यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएतापनि भिजिट भिसा प्रकरणलाई लिएर सहमति नजुटेपछि बैठक बस्न सकेन ।

अहिले सत्तापक्ष र विपक्षी दलका नेताहरूले सहमतिको प्रयास गरिरहेका छन् । निरन्तरको अवरोधका कारण जेठ गतेयता बैठक चल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !