४ फाल्गुन २०८२, सोमबार

संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरू जुटे छलफलमा


विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बैठक जारी रहेको हो ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन् । संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरूको बैठक बसेको हो ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।

हिजो बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्ने सम्बन्धमा सरकारले सदनबाट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर विपक्षीको मागमा सरकार तयार नभएको नेताहरूको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !