४ फाल्गुन २०८२, सोमबार

सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन


सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको हो ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेतापनि सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !