काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको हो ।
आज मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित गरिएको थियो । सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।
गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।












