३ फाल्गुन २०८२, आइतबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा तीन क्षेत्रमा निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका तीन क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

आज आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको हो । आदेश अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो।

यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । व्यापारिक क्षेत्रमा हुनसक्ने, यातायात अस्तव्यस्त भएकाले पनि त्यसलाई मध्यनजरमा राखेर प्रशासनले आदेश जारी गरेको जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालय काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !