४ फाल्गुन २०८२, सोमबार

कमल थापा भेट्न गएका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ


दीपकबहादुर सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंह पनि पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह पनि प्रहरीले पक्राउ गरेको हो ।

राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंहलाई प्रहरीले भित्रै थुनिदिएको हो । सांसद सिंहलाई सोधपुछका लागि राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरे हाल परिसरमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !