२ फाल्गुन २०८२, शनिबार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी प्रदर्शनको क्रममा उनलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदर्शन अराजक बन्न थालेपछि थापालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन जारी रहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !