काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
विपक्षी दलहरूको अवरोधका कारण आज बैठक बस्न सकेन । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिन गर्न विपक्षी दलहरूले आग्रह गरेका थिए ।













