काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार राष्ट्रपति पौडेललाई भेटेर अर्थमन्त्री पौडेलले बजेटबारे ब्रिफिङ गरेका हुन् ।
भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका हुन् ।












