३ फाल्गुन २०८२, आइतबार

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । सर्वोच्चले रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न आज अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको हो ।

सर्वोच्चले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्चको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म लामिछाने थुनामा रहने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !