काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ । सर्वोच्चले आज मंगलबार डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको हो ।
आज मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी रहेको हो । आज मंगलबार दिउँसो गभर्नर सिफारिस गर्न समितिको बैठक जारी रहेको हो । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका डा. विश्व पौडेललाई गभर्नर बनाउन सहमति जुटेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।
वैशाख २९ गते र आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् । आजै मन्त्रिपरिषदको बैठक बस्दैछ । सोही बैठकले गभर्नर नियुक्ति गर्नेछ ।













