काठमाडौँ । गभर्नर सिफारिस समितिको बैठक जारी रहेको छ। अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी रहेको हो ।
आज मंगलबार दिउँसो गभर्नर सिफारिस गर्न समितिको बैठक जारी रहेको हो । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका डा. विश्व पौडेललाई गभर्नर बनाउन सहमति जुटेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।
वैशाख २९ गते र आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् । आजै मन्त्रिपरिषदको बैठक बस्दैछ । सोही बैठकले गभर्नर नियुक्ति गर्नेछ ।













