२ फाल्गुन २०८२, शनिबार

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


संघीय संसद्

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ।प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथी छलफल जारी रहने संसद सचिवालयले जानकारी दिएको छ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ( कर प्रस्ताव वाहेक) सभामा छलफल हुने संसद सचिवालयले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !