काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिबार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।












