२ फाल्गुन २०८२, शनिबार

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश


शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो । साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ ।

“आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन-पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,” सर्वोच्चको आदेशमा भनिएको छ ।

गत चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न अदालतले आदेश दिएको हो ।

अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु