फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका पनि बाध्यता भएकोले आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् ।
लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा जानुपरेको परिस्थितिको जानकारी सुनाउदै वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका हुन् ।
उनले समस्याको मात्रै कुरा गरेर नहुने भन्दै समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए । उनले कांग्रेस समस्याबाट भागेर नहुने बताएका छन्।
उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए । उनले आफूले निराशा बढाउन नखोजेको भन्दै प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको बताए ।












