७ फाल्गुन २०८२, बिहिबार

राप्रपा अध्यक्ष लिङ्देनसहित सातै जना रिहा


राप्रपाका अध्यक्ष लिङ्देनसहित तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सातै जना रिहा भएका छन् । प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका हुन् ।

सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देन ७ जना पक्राउ परेका थिए । उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए ।

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष तामाङ, सांसद शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए भने बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !