१७ बैशाख २०८२, बुधबार

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटरमा भेटवार्ता


प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटरमा भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो ।

पछिल्लो समय प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बन्नुका साथै ओली नेतृत्वको सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र सरकारलाई प्रभावकारी बनाउने समझदारी भएको छ । देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठक बेलुका ६ बालुवाटारमा बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !