१७ बैशाख २०८२, बुधबार

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले आगामी वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !