
काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।
गोरखा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा रहेका पूर्वडीआईजी जोशीको निवेदनमा अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
सर्वोच्चले पूर्वडीआईजी जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको ७३ नम्बर निवेदनमा प्रारम्भिक सुनुवाइपछि आज कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि हाल उनी थुनामा छन् । उक्त आदेशविरुद्ध उच्च अदालतमा दिइएको निवेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जोशीलाइ थुनामा पठाउने जिल्ला अदादतको आदेश सदर गरिदिएको थियो ।