२ फाल्गुन २०८२, शनिबार

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त


सांसद दीपक बोहराको निधन

काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गर्नुभएको छ । सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !