५ बैशाख २०८२, शुक्रबार

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ


दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंका अंगरक्षक खड्का पनि पक्राउ परेका हुन् ।

प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ । उनीहरू दुवैलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदैछ । प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको हो । प्रहरीका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर भद्रपुरबाट पक्राउ गरेको हो ।

हिजो चैत २८ गते बिहीबार भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज चैत २९ गते शुक्रबार झापा हुँदै काठमाडौं ल्याउन लागिएको हो । प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको हो ।

गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ समेत रहेका प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !