
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू नेपालभित्रै भएको र आफ्नो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र आफू सार्वजनिक हुने बताएका छन् ।
आज बुधबार प्रसाईंले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू नेपालमै रहेको दाबी गरेका हुन् । साढे आठ मिनेट लामो भिडियोमा प्रसाईंले आफू भागेको नभइ जोगिएको मात्र बताएका छन् ।
उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।
यो छ हेर्नुहोस् उनले सार्वजनिक गरेको भिडियो