३ बैशाख २०८२, बुधबार

रास्वपा सभापति रवि लामिछाने पक्राउ


रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी आज राती नै पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा लामिछाने थुनामा गएका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !