१९ चैत्र २०८१, मंगलबार

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी पुग्यो भक्तपुर


अन्तत: रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुर पुगेको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको हो ।

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिएको हो । राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले आज शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारले प्रसाईंलाई कारबाही गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !