
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । आज विहीवार दिउँसो शाक्यको रिट सर्वोच्चमा दर्ता भएको हो ।
सर्वोच्चमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर उनको छ ।
शाक्यले पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि २०७८ साल साउन २५ गते तत्कालीन सरकारले त्यसबेलाका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर घिसिङलाई सो पदमा नियुक्त गरेको थियो ।
यसअघिको आफ्नो कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्चले फैसला गरेको थिएन । शाक्यले चार वर्षमा धेरै पटक सर्वोच्च धाए पनि सर्वोच्चले उनको मुद्धाको फैसला गरेन । घिसिङ र शाक्य दुवैको रिटमाथि शुक्रवार सँगै सुनुवाइ हुने प्रवल सम्भावना छ ।