१७ चैत्र २०८१, आइतबार

भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय


सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।

बालुवाटारमा भएको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढेको थिएन ।

वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !