
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभामा बैठकमा अवरोध गरेका छन् ।
भर्खरै सुरु भएको प्रतिनिधिसभा बैठकमा कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा विरोध गरेका थिए । विपक्षी दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेत बोलिसकेपछि उनीहरुले संसद अवरोध गरेका हुन् । बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने र जवाफ नआएसम्म संसद् अवरोध पनि बताए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पटक-पटक बसेर संसद बैठक अघि बढाउन अनुरोध गर्दा समेत विपक्षी दलहरुले संसद अवरोध जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।