
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने सरकारले गरेको निर्णय गलत भएको टिप्पणी गरेका छन् ।
आज राती सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्नु पर्नेमा त्यसो नभएकोमा विडम्बना भएको भन्दै उल्टो बाटो हिँडेर सही गन्तव्य नपुगिने बताएका छन् ।
थापाले आम नागरिकमा सरकारप्रति असन्तुष्टि बढ्दो भएकोले त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको उनले बताए । उनले यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर आफूले दिनरात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले आफूले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? भनेर सरकारको निर्णयप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।