१४ चैत्र २०८१, बिहीबार

कुलमान हटाउने सरकारको निर्णय बिल्कुल गलत र आपत्तिजनक छ : प्रचण्ड


अध्यक्ष प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने गरेको निर्णय बिल्कुल गलत र आपत्तिजनक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज सोमबार राती सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारको उक्त कदमको कडा आलोचना गरेका हुन् । प्रचण्डले कुलमान हटाएको समाचार असत्य साबित होस् भनेर पनि लेखेका छन् ।

लोडसेडिङले मुलुक आक्रान्त भइरहेका बेला ऊर्जा विज्ञका रूपमा कुलमान आफू नेतृत्वको सरकारले पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको पनि प्रचण्डको भनाइ छ ।

सरकारले कुलमानमाथि लामो समयदेखि स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको प्रचण्डको भनाइ छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

कुलमान हटाउने सरकारको निर्णय बिल्कुल गलत र आपत्तिजनक छ : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !