३ फाल्गुन २०८२, आइतबार

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने


समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । समाजवादी मोर्चाले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न पनि अपिल गरेको छ ।

उनले देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत सह्य नहुने निष्कर्ष निकालिएको बताए । उनले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आमजनतामा अपिल गरिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !