४ फाल्गुन २०८२, सोमबार

पूर्वराजा पोखराबाट फर्किदै, काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजावादी


ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ फर्किंदै छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन् ।

शाह दिउँसो ३ बजे पुरानो एयरपोर्टबाट प्लेन चढेर काठमाडौँ फर्किन लागेका उनको सचिवालयले जनाएको छ । पूर्वराजा शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका हुन् ।

पूर्वराजा शाह काठमाडौं ओर्लिनासाथ शक्ति प्रदर्शन गरेर विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी राजावादी समूहले गरेका छन् । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुले आन्दोलन गरेको राजावादीको दावी छ । उनीहरुले राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन सवलाई आग्रह गरेका छन् ।

यता राजावादीको शक्ति प्रदर्शनलाई दृष्टिगत गर्दै सरकारले काठमाडौं उपत्यकाको सुरक्षा अवस्था कडा पारेको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !