१६ बैशाख २०८२, मंगलबार

दोस्रो तारिखका अदालतमा उपस्थित हुन पोखरा पुगे रवि


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन् । सभापति लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् ।

यसअघि ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेर छुटेका थिए । कास्कीबाट उनी सिधै रुपन्देही गएर भोलि सोमबार रुपन्देही अदालतमा पनि उपस्थित हुनेछन् ।

पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए । प्रहरी हिरासतबाट छुटेपनि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !