६ फाल्गुन २०८२, बुधबार

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी


विजयप्रकाश सापकोटा

काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । आज बुधबार सम्पन्न मतगणनामा उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।

सापकोटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । यस्तै यसअघि नै महासचिवमा जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवारी दिएका रोशन थापा निर्वाचित भइसकेका छन् ।

कोषाध्यक्षमा पनि शर्मा प्यानलकै फूलमाया राना विजयी भएकी छिन् । यद्यपि निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !