५ फाल्गुन २०८२, मंगलबार

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा आफैं उपस्थित हुँदै


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा आफैं उपस्थित हुँदै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत हिजो मंगलबार दिउँसो भैरहवा पुगेका थिए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि आज बुधबार अदालत हाजिर हुन उनी हिजो मंगलबार भैरहवा पुगेका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतका अनुसार लामिछाने आज बुधबार आफैं अदालतमा उपस्थित हुने छन् । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !