
काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । महतो अध्यक्ष रहेको सो पार्टीले आज निर्वाचन आयोगबाट मान्यता पाएको हो ।
आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई दल दर्ताकाे प्रमाणपत्र दिएकाे हाे । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।
राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय उक्त नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । लामो प्रयासपछि मंगलबार पार्टी दर्ता प्रमाणपत्र पाएको पार्टीका नेता केशव झाले बताए ।
आयोगले उक्त दललाई ग्याँस सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।