फाइल फोटो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान ९ बजे विपक्षी दलको संयुक्त बैठक बस्ने भएको हो ।
आज बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने उनीहरूको तयारी छ । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिको तयारीमा छन् ।












