४ फाल्गुन २०८२, सोमबार

सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड


सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड सोमबार नै सुकुटे पुगेका हुन् ।

प्रचण्ड प्रतियोगिताको उद्घाटन गरेर भोलि काठमाडौं फर्किनेछन् । प्रचण्डसँगै पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।

यसअघि महत्वपूर्ण राजनीतिक निर्णय लिन, ‘बोल्ड डिसिजन’ गर्न र ‘रिफ्रेस’ का लागि प्रचण्ड पटक-पटक सुकुटे पुग्ने गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !