१९ चैत्र २०८१, मंगलबार

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु


रवि लामिछाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपाका सभापति लामिछानेको बयान सुरु भएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गत बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी रकम बुझाएर उनी बिहीबार नै कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !