काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालवीच आज पनि भेटवार्ता भएको छ ।
सिंहदरबारमा दुई पार्टीका प्रमुखबीच भेटवार्ता जारी रहेको हो । भेटवार्ता समसामयिक राजनीति, संविधान संशोधन र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने जारी रहेको बताइएको छ ।
अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरू हिजो बिहीबार पनि भेट भएको थियो । आजको भेटवार्तामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी रहेका छन् ।