२६ पुस २०८१, शुक्रबार

८४ दिनपछि रिहा भए रवि लामिछाने


रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ८४ दिनपछि रिहा भएका छन् । सभापति लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका हुन् ।

रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाका लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो ।सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने भनिएतापनि प्रहरीले उनलाई रिहा गर्ने भएको हो । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् प्रहरीले प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !