२६ पुस २०८१, शुक्रबार

पर्यटन समितिका सभापति यादव र सांसद सुवालवीच भनाभन


पर्यटन समितिका सभापति यादव र सांसद सुवालवीच भनाभन

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालवीच भनाभन भएको छ । .

आज बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएपछि भनाभन भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढङ्गले नौटङ्की गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंशुक ढङ्गले चल्न नहुने भन्दा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फकाएपछि दुवैबीच चर्काचर्की परेको थियो ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए । यसअघि समितिमा माओवादी सांसद सुदन किरातीसँग पनि सभापति यादवको भनाभन भएको थियो ।

गत सोमबार मात्र मात्र सत्तारुढ दल नेपाली काँग्रेसकै दुई जना संसदवीच चर्काचर्की भएको थियो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीवीच चर्काचर्की भएको थियो ।

सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की परेको थियो । समितिको बैठकमा थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि थानी झोक्किएर सभापति खतिवडाविरुद्ध आरोप लगाएका थिए ।

भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसकै दुई जना संसदवीच चर्काचर्की


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !