२३ पुस २०८१, मंगलबार

यस्तो छ अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताएका छन् । ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे ।

एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरे ।

यस्तो छ हेर्नुहोस् अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !