२३ पुस २०८१, मंगलबार

संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयो, बदनियत देखियो : माओवादी केन्द्र


अग्निप्रसाद सापकोटा फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार संसद् छलेर अध्यादेशको बाटोमा जानु बदनियत देखिएको बताएको छ । आज शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि प्रकट गरेका हुन् ।

माओवादीले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको हो । प्रवक्ता सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको माओवादीले निष्कर्ष निकालेको बताए ।

माओवादीले संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । माओवादीले संसद्‌मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको छ ।

सापकोटाले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको पनि बताए । माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !