काठमाठौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भीम रावललाई पार्टीबाट निष्कासन गर्नु नेकपा (एमाले) को तानाशाही हर्कत भएको टिप्पणी गरेको छ ।
आज बिहीबार माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले एमालेले बोली बन्द गरेर तानाशाही शासन गर्न लागेको आरोप लगाए ।
माओवादीले रावलमाथिको कारबाही र अन्य दुई नेतामाथिको ६ महिने निलम्बनलाई ‘एमालेको तानाशाही हर्कत’को रूपमा टिप्पणी गरेको हो । सापकोटाले कांग्रेस र एमालेको गठबन्धन सरकारबाट लोकतन्त्र करिबकरिब समाप्त भएको समेत जिकिर गरे ।
यसरी प्रमुख प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रमुख सत्तारुढ दल एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा आफ्नो पार्टीको धारणा बाहिर ल्याएको हो ।
सापकोटाले ओली सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याबारे बेखबर देखिएको आरोप लगाए । एकप्रकारले सरकार पूर्ण असफल भइसकेको उनको टिप्पणी थियो । उनले प्रधानमन्त्रीले पहिलोपटक त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सिंहदरबारमा गरेकोप्रति आपत्ति समेत प्रकट गरे ।
यो पनि पढ्नुहोस्
भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट जस्तो : एमाले