काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको गौरीगंजमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता आज पनि दोहर्याएका हुन् ।
यसअघि शनिबार कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए ।
उनले भ्रष्ट, दलाल, विचौलिएका विरुद्ध एकजुट हुन अपिल गर्दै आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरेका छन् ।
उनले आफूलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाए । प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए ।
यो पनि पढ्नुहोस्
माओवादी एक नम्बरको पार्टी भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्छौँ : अध्यक्ष प्रचण्ड