१७ पुस २०८१, बुधबार

झापाका राई प्रतिनिधिसभाको सचिवमा सिफारिस


हर्कराज राई

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी राईलाई सचिव नियुक्तिसम्वन्धि सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ बमोजिम राईलाई सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरिएको हो । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ साल मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !