काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांदसहरुले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह गरेका छन् ।
सभामुख घिमिरेको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न आग्रह गरेका हुन् ।
यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए । रास्वपाका नेताहरुले मुद्दा पर्दैमा सांसद पद निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्।
रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएकोमा निलम्बनबारे सभामुख घिमिरे पनि परामर्शमा छन् ।
रास्वपा नेताहरुसँगको भेटमा सभामुखले कानूनी प्रक्रिया हेरेर निर्णय लिने जवाफ दिएका छन् । प्रहरीको पत्रको बिषयमा सभामुख घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफलसँग छुट्टै छलफल पनि गरेका छन् ।