काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी ३ वटा कसुरमा अदालतमा अभियोग पत्र दर्ता भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण जिल्ला अदालत कास्कीमा पेश गरिएको हो ।
लामिछानेसँगै बाँकी ५ जनाहरु पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोग दर्ता गराएको हो ।