७ पुस २०८१, आइतबार

रविविरुद्धको मुद्दा अदालतमा पेश, लामिछानेलाई पनि अदालत लगियो


रवि लामिछाने फाइल फोटो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण जिल्ला अदालत कास्कीमा पेश गरिएको हो । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम जारी रहेको छ । लामिछानेलाई पनि जिल्ला अदालतमा लगिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाहरु पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराएको हो ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले गत शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर सहकारी ठगी प्रकरणमै पक्राउ परेका रास्वपाका सभापति लामिछानेसहित ५ जनाविरुद्ध आजमात्रै मुद्दा दर्ता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !